चेल्सीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ।

शनिबार राति भएको खेलमा चेल्सीले युनाईटेडलाई १-० को अन्तरले पराजित गरेको हो।

चेल्सीलाई जित दिलाउन टिमो वेर्नेरले निर्णायक गोल गरेका थिए।

उक्त जितसँगै चेल्सीले ३३ खेलमा ५८ अंक जोडेको छ। वेस्ट ह्याम ५५ अंक जोडेर पाँचौं स्थानमा छ।

प्रकाशित मिति: : 2021-04-25 07:19:00

प्रतिकृया दिनुहोस्