एमबाप्पेको गोलमा पीएसजीको जित

Photo : SBSsports
Photo : SBSsports

फ्रेन्च लिग वान फुटबलमा पीएसजीले मेट्जलाई पराजित गरेको छ।

शनिबार राति भएको खेलमा मेट्जलाई ३-१ गोल अन्तरले सहजै पराजित गरेको हो।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे भने माउरो इकार्डीले एक गोल थपे।

जितसँगै पीएसजीले ३४ खेलमा ७२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। मेट्ज भने ४३ अंक जोडेर दशौँ स्थानमा छ।

प्रकाशित मिति: : 2021-04-25 08:30:00

प्रतिकृया दिनुहोस्