बार्सिलोना र एथ्लेटिकोकाे जित

Photo : Barcelona Twitter
Photo : Barcelona Twitter

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार भएकाे खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले जित हात पारेका छन्।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २–१ ले पराजित गरेको हो। बार्सिलोनाको जितमा दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे। 

भिल्लारियलका लागि चुक्वुएजले २६ औँ मिनेटमा एक गोल गरेका थिए। तर, ग्रिजम्यानले २८औं मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याए। यस्तै, ३५ औँ मिनेटमा उनले व्यक्तिगत दाेस्राे गाेल गर्दै बार्सिलाेनालाई जित दिलाए।

६५ औँ मिनेटमा ट्रिगुएरोस मुनोज सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भिल्लारियल १० खेलाडीमा सीमित भएको थियो।

जितपछि तेस्रो स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेकाे छ। यस्तै शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको बार्सिलाेनाकाे दूरी दुई अंकमा झारेको छ।

बार्सिलोनाको ३२ खेलबाट ७१ अंक भएको छ। रियल र एथ्लेटिको एक खेल बढि खेलेका थिए।

एथ्लेटिको पराजित

आइतबार राति नै भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको भने एथ्लेटिको बिल्बाओसँग २–१ ले पराजित भयो। 

बिल्बाओका लागि आठौँ मिनेटमा बेरेन्गुएर रेमिरोले गाेल गर्दै अग्रता दिलाएका थिए।

एथ्लेटिको मड्रिडका लागि ७७ औँ मिनेटमा साभिकले  गोल फर्काउँदै खेल बराबरिमा ल्याए। यस्तै,  ८६ औँ मिनेटमा मार्तिनेजले गोल गर्दै उपाधि होडलाई यथावत् राखे।

अरु खेलमा सेभिल्लाले ग्रानाडा तथा सेल्टा डी भिगोले ओसासुनालाई समान २–१ तथा गेटाफेले हुएस्कालाई २–० ले पराजित गरेको छ ।

प्रकाशित मिति: : 2021-04-26 06:54:00

प्रतिकृया दिनुहोस्