उपाधिको होडमा रहेको इन्टर मिलानले इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित हात पारेकाे छ।
घरेलु मैदानमा भएको खेलमा मिलानले हेलास भेरोनालाई १–० ले पराजित गरेको हो। इन्टरको जितमा ७६ औँ मिनेटमा डार्मियनले गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै शीर्ष स्थानमा रहेकाे मिलानको ३३ खेलबाट ७९ अंक छ। मिलान पाँच खेल बाँकी हुँदा तेस्रो स्थानको एसी मिलानभन्दा १३ अंकले अघि रहेको छ।
आइतबार राति भएको अर्काे खेलमा बोलोग्नालाई ५–० ले पराजित गरेको एट्लान्टा ३३ खेलबाट ६८ अंकसहित दोस्रो स्थानमा पुगेको छ।
चौथो स्थानको युभेन्टस भने फियोरेन्टिनासँग १–१ को बराबरीमा रोकियो। उसको ३३ खेलबाट ६६ अंक छ।
अन्य खेलमा रोमालाई काग्लिएरीले ३–२ तथा बेनेवेन्तोलाई युडिनेसले ४–२ ले पराजित गरेको छ।