काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा 

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच सोमबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो।

कोरोना संक्रमणको दर तीव्र गतिमा बढ्दै गएपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो।

बैठकले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय भएको स्रोतले जनाएको छ।सार्वजनिक, निजी सवारीसाधन समेत बन्द गरिने छ।

त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने तयारी छ।

आइतबार बसेका कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो।

यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन्। काठमाडौंमा आइतबार एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो।

प्रकाशित मिति: : 2021-04-26 14:31:00

प्रतिकृया दिनुहोस्