आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार राति भएको खेलमा चेन्नईले हैदरावादलाई ७ विकेटले पराजित गर्यो।
चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेलेका थिए। हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
चेन्नईले ६ खेलमा १० अंक जोड्दै पाँचौ जित हात पारेको छ। हैदरावादको भने यो पाँचौ हार हो। हैदरावादले ६ खेलमा २ अंक छ।