केही समय अघि फुलबुट्टे सारीको कभर गीत गाएर निकै नै चर्चा कमाएकी अफ़्रिकी गयिका वियोन्सी अहिले निकै लोकप्रिय बनेकी छिन।
फुलबुट्टे सारीले उनलाई अपार सफलता दिएको थियो। उक्त गीत सामाजिक संजालभरी निकै नै भाइरल नै बनेको थियो ।
त्यसको सफालतापछि उनले अर्को नेपाली गीत गएकी छिन। गीत गएर चर्चामा आएकी उनलाई संगीतकार राजनराज शिवाकोटीले नयाँ गीत ‘ल्यासे पाउ’ गाउन लगाएका हुन्।। उक्त गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन्।
मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन्। गीतको भिडियोमा राजन र वियोन्सेले अभिनय गरेका छन्। राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ।