आईपीएल टीट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गर्यो। चेन्नईले दिएको २ सय १९ रनको लक्ष्यलाई मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।
मुम्बईको जितमा केइरोन पोलार्डले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले। चेन्नईका साम कुरानले ३ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनायो। चेन्नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले।
अविजित रहेका रायडुले ७२ रनको अर्धशतकीय इनिङ्स खेले। मुम्बईका केइरन पोलार्डले २ विकेट लिए। ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १र१ विकेट लिए ।
यो जितसँगै मुम्बईले ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ। चेन्नईको भने ७ खेलमा १० अंक छ।