संसद सचिवालयमा कार्यरत उपसचिवको कोरोना संक्रमणबाट निधन

Symbolic photo
Symbolic photo

संघीय संसद सचिवालयमा कार्यरत एक उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ।

बुधबार सचिवालयले स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उपसचिवको शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको केही समय अगाडि पत्थरीको शल्यक्रिया गरिएको र मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: : 2021-05-07 15:41:00

प्रतिकृया दिनुहोस्