कोरोनाबाट एकै दिन १३९ जनाको मृत्यु, ९२७१ जनामा संक्रमण

फाइल तस्वीर
फाइल तस्वीर

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १३९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा अहिलेसम्म सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ८५९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार २७१ जना सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै नेपालमा ४ लाख ३ हजार ७९४ सङ्क्रमित रहेका छन्। यस्तै सङ्क्रमित निको भई ४ हजार ७ घर फर्किएका छन्। अहिलेसम्म तीन लाख ६ हजार ७९४ निको भएर घर फर्किएका छन्। 

 
 

प्रकाशित मिति: : 2021-05-10 18:42:00

प्रतिकृया दिनुहोस्