सुपरस्टार जूनियर एनटीआरलाई कोरोना पुष्टि 

NDTV
NDTV

तेलुगु फिल्मका सुपरस्टार जूनियर एनटीआर कोरोना संक्रमित भएका छन्। 

सोमबार उनको कोभिड रिपोर्ट पोजेटिभ देखिएपछि सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको बताएका हुन्। 

आफ्ना प्रशंसकलाई चिन्ता नदिन र सुरक्षित रहन आग्रह गर्दै उनले ट्विटरमा लेखेका छन्, ‘मेरो कोभिड रिपोर्ट पोजेटिभ आएको छ। कृपया, चिन्ता नदिनुहोला, म ठिक छु। अहिले मैले आफूलाई परिवारभन्दा अलग राखेको छु र हामीले डक्टरको रेखदेखमा सबै प्रोटोकलको पालना गरेका छौं। केही दिनदेखि मेरो सम्पर्कमा रहनुभएका सबैले परीक्षण गराउनु होला।’ कोभिड भएपछि उनी होम क्वारेन्टिनमा बसेका छन्। 

प्रकाशित मिति: : 2021-05-11 17:13:00

प्रतिकृया दिनुहोस्