वाग्मती प्रदेश, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोभिड–१९ संक्रमितलाई अस्पतालमा अक्सिजन र भेन्टिलेटरको अभाहुन नदिई तत्काल उपचारसेवा पुर्याउन सरकारले संघीय सरकारसँग समन्वय गर्ने बताएकी छन्।
प्रदेशसभा, स्वास्थ्य, शिक्षा र कृषि समितिद्वारा आज आयोजित भर्चुअल बैठकमा उनले समितिले निर्णय गरी उपलब्ध गराएको १० बुँदे निर्देशिकालाई तत्कालै संघीय सरकारसँग समन्वय गरेर कार्यान्वयन गरिने दृढता व्यक्त गरिन्।
समितिले आज निर्णय गरी विभिन्न महत्वपूर्ण सरोकारका विषयमा १० बुँदे निर्देशिका जारी गरेर सामाजिक मन्त्रालयलाई कदम चाल्न आग्रह गरेको समितिका सचिव सुन्दर पन्तले बताएका छन्।