विदेशमा अडि्कए श्रमिक, छैन उद्धार गर्ने सरकारी योजना

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

मलेसियामा कार्यरत विराटनगरका भरत गिरीको अप्रिल २८ मा नेपाल आउने टिकट थियो, तर पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि उतै रोकिए । यहीबीचमा नेपालमा कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि २३ वैशाखबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उनी अन्योलमा छन् ।

गिरीको भिसा अवधि सकिसकेको छ, काम पनि छैन । देश फर्किन चार्टर्ड फ्लाइट चल्छ कि भनेर दूतावासमा बुझ्दा त्यस्तो तयारी नै नभएको जवाफ पाएपछि तनाव थपिएको उनले फोनमा गुनासो गरे ।

कलैयाका अजय कुशवाह पनि भरत गिरीकै जस्तो तनावमा छन् । मे ९ तारिकमा भिसाको सकिएको छ, तर फ्लाइट बन्द भएकाले उनी मलेसियामै अडि्कएका छन् । अवैध भएर बसेको ठहरिने डरले उनी कोठाभित्र थुनिएर फ्लाइट खुल्ने दिनको प्रतिक्षा गरिरहेका छन् ।

सिराहाका दिलीप कुमारले मलेसियाबाट फर्किन महँगोमा पीसीआर गरेपछि नेपालको उडान रद्ध भयो । दूतावासमा समस्या सुनाउँदा समाधान नपाएको उनले बताए । अब कहिले उडान सुरु हुन्छ, भएपछि पनि यात्रुको चाप बढेर लामो समय अलपत्र पर्नुपर्ने हो कि भन्ने चिन्तामा छन्, उनी ।

प्रकाशित मिति: : 2021-05-12 13:20:00

प्रतिकृया दिनुहोस्