काठमाडौं उपत्याकामा थपिएको निषेधाज्ञा आजदेखि लागू

काठमाडौं उपत्याकामा आजबाट जेष्ठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ। 

उपत्याकामा गएराति १२ बजेदेखि जेष्ठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको हो। उपत्याकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख अधिकारीहरुको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो। 

निषेधाज्ञा थप गरिएसँगै अत्यावश्यक बाहेक सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरिको छ। कोरोनाको संक्रमण अझै बढ्दो क्रममा रहेकोले काठमाडौंमा निषेधाज्ञा थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद प्रराजुलीले जानकारी दिएका छन्।

उनका अनुसार औषधी, खद्यन्न तथा अन्य अत्यावश्यक सामग्री लिनुपर्ने अवस्था बाहेक घर बाहिर निस्कन पाइने छैन्।

त्यस्तै, अत्यावश्यक सेवा कार्यालयबाहेक अन्य कार्यालय वैशाख ३० गतेदेखि बन्द गर्न आदेश दिएको छ। निषेधाज्ञा भर निजी तथा सार्वजनिक सवरी साधन सञ्चालनमा रोक लगाइएको छ। पसल, व्यवसाय तथा ‘डिपार्टमेन्ट स्टोर’ बिहान १० बजेसम्म खोल्न पाइने छ। 


यस्तो देखियो काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन (फाेटाे फिचर)

प्रकाशित मिति: : 2021-05-13 07:20:00

प्रतिकृया दिनुहोस्