नेपाल, रावल, पाण्डे र भुसालमाथिको कारवाही फिर्ता लिने एमालेको निर्णय

नेकपा एमाले स्थायी कमिटी बैठकले माधव नेपालसहित चार नेतामाथिको कारबाही फकुवा गरेको छ।

बिहीबार सम्पन्न बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिएका छन्।

नेपाल समूहकाे कारवाही फिर्ता लिने एमालेको निर्णयलाई अवसरमा उपयोग गर्दै पार्टी एकताको पक्षमा उभिन नेता तामाङले नेताहरुलाई  आग्रह समेत गरेका छन्। राजीनामा दिने तयारीमा रहेका नेता नेपाल पक्षका सांसदहरूको राजीनामा तत्काललाई रोकिएको छ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय सकिन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओली माधव समूहलाई फकाएर अघि बढ्ने तयारीमा जुटेका हुन्। यसै क्रममा चार नेताको कारवाही फुकुवा गरिएको हो।

 

प्रकाशित मिति: : 2021-05-13 11:19:00

प्रतिकृया दिनुहोस्