थप ८ हजार ९६० जनामा कोरोना पुष्टि, २१४ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा ८ हजार ९६० जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

 योसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी एक लाख ५ हजार २०७पुगेका छन्।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो।

नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कका आधारमा कोभिड १९ सङ्क्रमणबाट गत २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ४६६ पुगेको छ।

यस अवधिमा ५ हजार ५५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ। हालसम्म तीन लाख २१ हजार ५१८ जना सङ्क्रमण मुक्त भएका छन्।

हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ३१ हजार १९१ पुगेको छ।

प्रकाशित मिति: : 2021-05-13 17:45:00

प्रतिकृया दिनुहोस्