'च्याम्पियन्स लिग'को उपाधि बार्सिलोनालाई

Photo : SBSsports
Photo : SBSsports

बार्सिलोनाको महिला टिमले चेल्सीलाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि हात पारेकाे छ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले चेल्सीलाई ४–० को गोल अन्तर पराजित गर्दै सहज जित निकालेको थियो।

सन् २०१९ को च्याम्पियन्स लिगको फाईनलमा बार्सिलोना लियोनसँग ४–१ ले पराजित बनेको थियो।

चेल्सी पहिलो पटक च्याम्पियन्स लिगको फाईनल पुगेको थियो। 
 

प्रकाशित मिति: : 2021-05-17 06:41:00

प्रतिकृया दिनुहोस्