‘आत्मबलले कोरोना जितिने रहेछ’

‘हौशला र आत्मबल भयो भने कोरोनालाई सहज रुपमा जित्न सकिनेरहेछ। घरमै आइसोलेट भएर बस्दा पनि केही गाह्रो भयो भनेपनि उत्प्रेरणा र आत्मबलले कोरोना जितिने रहेछ।’ इटहरीका पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले उदृत गरेको वाक्यांश हो यो। उनी नौ दिनयता कोरोना संक्रमण भएपछि घरमै आइसोलेट भएर बसेका छन्।

सोमबार नेपाल प्रेस युनियन सुनसरीले जिल्लाको इटहरी, इनरुवा लगायतका क्षेत्रमा रहेका संक्रमित सञ्चारकर्मीहरुको घरमै डाक्टर, नर्ससहित औषधी बोकेर निःशुल्क परामर्श दिएको छ।

यसैबीच डाक्टर, नर्ससहित घरमै आइपुग्दा भट्टराईले आफ्नो कोरोना अनुभव सुनाउँदै भने, ‘केही दिन निकै गाह्रो भयो, शरीर दुख्ने, सुख्खा खोकी लाग्ने, तर यसरी घरमै आएर उत्प्रेरणा दिदाँ पनि कोरोना जित्न सहज हुनेरहेछ।’

भट्टराईलाई दोस्रो भेरियन्ट आइकन मात्रै नभई यसअघि पहिलो चरणमा पनि गत असोजमा कोरोना संक्रमण भएको थियो। दोस्रो भेरियन्टको समयमा थुप्रै मृत्यु र संक्रमणका समाचार आइरहँदा आफूले भने सकारात्मक चिन्तन र आत्मबल बढाएको उनी बताउँछन्। उनले भने, ‘घरमै डाक्टरसहित औषधी बोकेर आउनु र उत्प्रेरणामुलक सन्देश प्रवाह गर्नु सकारात्मक छ, धेरैजसो मानिसहरुले त आत्मबलले नै पनि कोरोना जितेका छन्।’

प्रकाशित मिति: : 2021-05-17 15:35:00

प्रतिकृया दिनुहोस्