अलमलमा सरकार : बजेट पहिले कि विश्वासको मत ?

रातोपाटी

काठमाडौं

काठमाडौँ । नयाँ आर्थिक वर्षको बजेट घोषणा गर्ने दिन (जेठ १५) नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अल्पमतको सरकार सकसमा परेको छ । आगामी जेठ १५ गते संसदबाट कसरी बहुमत जुटाएर बजेट पास गर्ने भन्नेमा अल्पमतको सरकारलाई संकट आइलागेको छ ।  आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट जेठ १५ मा ल्याउनैपर्ने हुन्छ ।

तर, संसदमा विश्वासको मत लिएपछि बजेट ल्याउने कि बजेट ल्याइसकेपछि विश्वासको मत लिने भन्ने प्रधानमन्त्री ओलीले अझै निर्णय लिन सकेका छैनन् ।संविधानमा भएको व्यवस्थाअनुसार आर्थिक वर्षको बजेट आगामी जेठ १५ गतेभित्रै ल्याइसक्नुपर्छ ।

संसदमा विश्वासको मत लिन नसकेर ढलेको नेकपा एमाले नेतृत्वको सरकार ठूलो दलको हैसियतले मात्र अहिले पुनस्र्थापित छ । यस्तो अवस्थामा अल्पमतको सरकारले बढीमा एक महिनाभित्र संसद्मा विश्वासको मत लिइसक्नुपर्छ ।

प्रकाशित मिति: : 2021-05-17 17:18:00

प्रतिकृया दिनुहोस्