गाउँ पसेको हात्ती खेदाउँदा एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

झापाको मेचीनगर नगरपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

सोमबार राति करीब १२ः३० बजे गाउँ पसेको हात्ती खेदाउने क्रममा मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

राति स्थानीय मागुरमाडी सामुदायिक वनबाट जङ्गली हात्ती गाउँ पसेको थियो। हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो।

घाइते राईको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा गए राति २ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। हात्तीलाई स्थानीयबासी र प्रहरीले सोही जङ्गलतर्फ लखेटेका छन्। रासस

प्रकाशित मिति: : 2021-05-18 14:21:00

प्रतिकृया दिनुहोस्