कोरोना संक्रमणबाट डाक्टर पूज्यश्री कार्कीको निधन

आँखा रोग विशेषज्ञ प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ।

कोरोना संक्रमणपछि नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको बुधबार बिहान निधन भएको हो।

उनलाई १० दिनअघि संक्रमण पुष्टि भएको थियो। त्यसलगतै किस्ट मेडिकल कलेजमा भर्ना भएकी उनको सात दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो।

स्वास्थ्यमा सुधार नआएपछि उनलाई तीन दिनअघि नर्भिक लगिएको थियो। उनको उपचारका क्रममा बुधबार निधन भएको हो।

प्रकाशित मिति: : 2021-05-19 17:22:00

प्रतिकृया दिनुहोस्