प्रधानमन्त्री ओली र बेलायती राजदूतबीच भेटवार्ता 

प्रधानमन्त्री केपी शर्मा ओलीसंग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेटवार्ता गरेकी छन्।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोभिड-१९ विरुद्धको लडाइँमा 
सहयोगको आदानप्रदान बारेमा छलफल भएको छ।

प्रधानमन्त्री ओलीले राजदूत पोलिटसँग कोभिड-१९ विरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेकोका छन्।

भेटका क्रममा प्रधानमन्त्रीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-20 13:56:00

प्रतिकृया दिनुहोस्