एमाले नेता सुरेन्द्र पाण्डेले आफ्नो हस्ताक्षर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि प्रयोग भएको बारे अनभिज्ञता प्रकट गरेका छन्।
उनको समेत हस्ताक्षर लिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा गएको बेलामा बिएल नेपाली सेवासँग यत्ति भने, ‘म कार्यदल बैठकमा छु, हस्ताक्षरबारे थाहा छैन।’
एमाले एकीकरण कार्यदलको बैठक अहिले बसिरहेको छ। एमालेको माधव नेपाल समूहको पुरानो हस्ताक्षर प्रयोग गरिएको बताइएको छ ।