नयाँ पुस्ताले नेपाली फुटबलकाे कोल्टे फेर्न सक्छन् : कोच अब्दुल्लाह अलमुतारी

मार्च, २०२१ मा अनुभवी राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बालगोपाल महर्जनको कोचिंगअन्तर्गत बंगलादेश र किर्गिजस्तानको विरूद्ध नेपालले ऐतिहासिक 'ट्राइ नेशन' सीरीज जित्दै ३७ वर्षपछि अफ्नो माटोमा जितको अनुभव गर्यो। लगत्तै महर्जनको कार्यकालको अन्त्य भयो।

राष्ट्रिय टोलीमा सामेल भए कुवेती प्रशिक्षक, अब्दुल्लह अल्मुताइरी। अल्मुताइरी अनुभवी प्रशिक्षक हुन्।जसले सऊदी र कुवेती टोलीका साथसाथै किर्गिस्तानको यू -१९ टीमका प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।

हालै नेपालको पहिलो निजी फ्रेंचाइजी लीग 'खुकुरी नेपाल सुपर लीग'को समापन पछि इराकविरूद्ध र 'वर्ल्ड कप क्वालिफायर'का लागि लागि एन्फाले नयाँ खेलाडी टीम प्रकाशित गरेको छ।

नयाँ  राष्ट्रिय फुटबल टीमः
किरण कुमार लिम्बू (जीके/सी), दीप कार्की (जीके), विशाल सुनार (जीके), अनन्त तामाng, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनील बल, आशीष लामा, पुजन उपरकोटी, अरिक बिष्ट, सुमन लामा , अञ्जन बिष्ट, मनीष डांगी, सन्तोष तामान्ग, नवयुग श्रेष्ठ, आयुष घलान, सूरज जीउ ठाकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजवंशी र विकास खवास।

उक्त नयाँ टोलीमा १३ नयाँ अनुहारहरू समावेश भएका छन्। जुन ट्राइ-राष्ट्र श्रृंखलामा समावेश भएका थिएनन्। कोचले भरत खवास, रणजित धिमाल, अमित तामान्ग, सेसहान्ग आन्देम्बे, रविशंकर पासवान, निशान खड्का, बिबेक बस्नेत, नितिन थापा र दर्शन गुरुङलाई प्राथमिक टोलीबाट बाहिर्याएकाे छ।

प्रशिक्षक अल्मुइटारीले मिडफील्डर्स कमल थापा, सूरज जीउ ठाकुरी, गौतम श्रेष्ठ, आयुष घलानलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गरेका छन्।

नयाँ प्रशिक्षकको याे कदमले उनलाई विवादसमेत तानिएका छन्। च्याम्पियन खेलाडी र आरम्भिक टोलीका उदयीमान खेलाडीहरू सम्मिलित नभएकाे भन्दै उनी विवादको घेरामा तानिएका हुन्।

जसमा फ्रान्चाइजी लिग खुकुरी एनएसएलको पहिलो च्याम्पियन काठमाडौं राइजर्स एफसीका कुनै पनि खेलाडीहरू छैनन्।

कोच अल्मुताइरीले यस बारेमा स्पष्ट पनि पारिसकेका छन्। उनले पोखरा थन्डर्सको राइट विंग रवि पासवानको बारेमा भने कि रविलाई खेलमा क्रस कसरी खेल्ने भनेर सिकाइएको छैन। उनले भने, 'उनलाई केवल बल लिने र भाग्न सिकाइएको छ र बल लिइसकेपछि के गर्ने भनेर सिकाइएको छैन।'

उनले काठमाडौं राइजर्सका कुनै खेलाडी छनौट नपरेकाेबारे पनि प्रकाश पारे। उनले भने कि उनीहरूसँग टिम, उनका कोच र व्यवस्थापनसँग कुनै मुद्दा छैन। गोलकिपर बिकेश कुथु एनएसएल प्रतियोगिताबाट धेरै थाकेका छन्। उनले भने, 'स-साना गल्ती गर्न सक्छन्।'

तेज तामाङले आफ्नो औंला भाँचेका छन्। अगाडि आउने खेलहरू टिमका लागि धेरै महत्त्वपूर्ण हुन्छन्। 'कोच  कुनै घाइते खेलाडिका लागि प्लेयर कोटा भर्दैनन्', उनले थपे।

संजोग राईको बारेमा बाेल्दै उनले संजोगलाई केही महिना आराम चाहिने बताए। उनले भने , 'अन्यथा उ चोटका कारण फुटबलबाट बाहिरिन सक्छन्।'

साथै कोचले केही खराब मनोवृत्ति र खेलाडीहरूमा खेल गम्भीरताको कमीको कारण पनि टोलीमा स्थान बनऊन नसकेको बताए।

नयाँ टोलीले विपक्षीको खेल र उनीहरूका विश्लेषणको बारेमा कागजातहरू पूर्णरुपमा तयार गरिरहेको पनि उनले जानकारी दिए। विपक्षीको बारेमा गहिरो अनुसन्धान भइरहेकाे बताउदै विपक्षीको रणनीति अध्ययनले मैदानमा राम्रो प्रदर्शन गर्न मद्दत गर्ने उनकाे विश्वास छ।

कोचले प्रत्येक खेलाडीले (टीम बाहिर वा टीममा) राष्ट्रको लागि लाग्नुपर्ने र नेपालको लागि आफ्नो योगदान दिनुपर्नेमा जाेड दिए।

उनले भने, 'जो टीमबाट बाहिर छन्, उनीहरूले पुन: फिर्ता आऊन कडा मेहेनत गर्नुपर्छ।'

''हामीले जोखिम लिएर भए पनि युवाहरुलाई अवसर दिनुपर्दछ। त्यसपछि मात्र नेपाली फुटबलले परिवर्तन गर्छ', उनले थपे।

कोचले प्रत्येक समर्थक र मिडियाकर्मीहरूलाई नयाँ खेलाडीलाई टोलीका अन्यसँग तुलना नगरिदिन र राष्ट्रका प्रत्येक खेलाडीलाई उत्साहित गर्न अनुरोध गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-22 08:13:00

प्रतिकृया दिनुहोस्