पूर्व प्रधानमन्त्री माधव नेपालले नयाँ पार्टी दर्ताको तयारी थालेका छन्।
नेकपा एमालेभित्र चर्किएको विवादपछि वरिष्ठ नेता नेपाल समूहले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) खोल्ने निर्णय गरेकाे हाे।
२५ सदस्यीय केन्द्रिय समिति बनाएर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी गरेकाे नेपालनिकट एक केन्द्रीय सदस्यले बिएल नेपाली सेवालाई जानकारी दिए।
चुनाव चिन्ह कलम राखिएको बताईएको छ। आजै (आइतबार) वा भोली (सोमबार) निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी रहेकाे बताइएको छ।