कोरोना संक्रमितले यसरी बढाउन सक्छन् शरीरमा अक्सिजनको मात्रा (भिडिओ)

सेतोपाटी

काठमाडौँ

विवेक राई

हिजोआज कोरोना संक्रमितका लागि भन्ने बित्तिकै अस्पतालमा ठाउँ पाइन्नँ। जसकारण अधिकांश बिरामीहरू घरमै बस्नुपर्ने बाध्यता छ।

तर घरमै बसिरहँदा बिरामीको जुनसुकै बेला पनि अक्सिजनको मात्रा घट्न सक्छ र अक्सिजन दिनुपर्ने हुनसक्छ। त्यस्तो बेला बिरामीलाई तुरून्त अक्सिजन दिन नसकिएला किनकि, अहिले बजारमा अक्सिजनको हाहाकार छ।

कोरोना संक्रमितको उपचारमा खटिएका सघन उपचार विशेषज्ञ डा. राजु पंगेनी यस्तो बेलामा विरामीलाई घोप्टो आसनमा सुताउन सके अक्सिजन मात्रामा सुधार ल्याउन सकिने बताउँछन्। यो विधिलाई अङ्ग्रेजीमा ‘अवेक प्रोनिङ’ भनिन्छ।

तर यो विधि कसरी गर्ने भन्ने ख्याल गर्नुपर्छ। त्यसका लागि सुरूमा तीन वटा सिरानी चाहिन्छ। एउटा सिरानीलाई टाउको मुनि, अर्को सिरानी कम्मर मुनी र अर्को सिरानी खुट्टा मुनि राख्नुपर्छ।

तर कम्मर मुनि सिरानी राख्दा पेट थिचिनु हुँदैन। पेट थिचियो भने त्यसले विरामीलाई उकुसमुकुस बनाउने र झन् स्वासप्रश्वासमा समस्या निम्तिन सक्छ। र पेट थिचिएन भने फोक्सो पनि मज्जाले खुल्न पाउँछ। डा. पेगेनी भन्छन्, ‘कम्मरमुनि सिरानी राख्दा फोक्सो खुल्नुपर्छ। फोक्सो खुल्यो भने अक्सिजन सजिलोसँग रगतमा जान्छ। त्यसैले पेट चाहिँ थिचिनुहुन्न।’

प्रकाशित मिति: : 2021-05-23 14:58:00

प्रतिकृया दिनुहोस्