१४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे शीर्षनेता

प्रतिनिधिसभा विघटनबिरुद्ध विपक्षी गठबन्धन रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन्।

उनीहरू कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत पुगेका हुन्। 

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा छलफल सकेर ५ दलका शीर्ष नेतासहित सांसद सर्वोच्च अदालत गएका छन्।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका १ सय ४६ सांसदको हस्ताक्षरसहित नेताहरु सर्वोच्च पुगेकाे माधव नेपालनिकट एक नेताले जनाएका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना गर्न र कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका सांसदहरु रिट दायर गर्न सर्वोच्च अदालतमा गएका हुन्।

संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज, संसद अधिवेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशकाे माग गर्दै रिट दायर गर्ने तयारीमा छन्।

गत शुक्रबार १४९ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । सोही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रकाशित मिति: : 2021-05-24 14:52:00

प्रतिकृया दिनुहोस्