नयाँ अध्यादेशले विदेशीलाई नागरिकता दिन्छ? किन भयो विवाद?

सेतोपाटी

काठमाडाैं

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ। 

यो व्यवस्थाले विदेशीहरूलाई वंशजको नागरिकता दिलाउने भनेर धेरैले आलोचना गरेका छन्। तर, अध्यादेशको यो व्यवस्थाले विदेशीका सन्तानलाई नागरिकता दिने होइन। 

जन्मका आधारमा यसअघि नेपाली नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता लिन आमाबाबु दुवैको नागरिकताको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था अध्यादेशमा गरिएको छ। यो व्यवस्था नेपालको संविधान २०७२ ले नै गरेको हो। संविधानले संघीय कानुनअनुसार जन्मसिद्धका सन्तानलाई वंशजको नागरकिता दिन भनेको थियो।

संविधानले व्यवस्था गरे पनि कानुन नबनेको भन्दै लामो समयदेखि जन्मसिद्ध नागरिकका सन्तानलाई राज्यले नागरिकता दिन मानेको थिएन।

यसबीच जन्मसिद्ध नागारिकता पाएका बाबु र आमाका सन्तानले आफूले नागरिकता नपाएको भन्दै सर्वोच्च अदालतमा रिट हाले। उनीहरूले संविधानको व्यवस्थाअनुसार आफूलाई नागरिकता दिन आदेश माग गर्दै रिट हालेका थिए।

प्रकाशित मिति: : 2021-05-24 19:26:00

प्रतिकृया दिनुहोस्