४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Symbolic photo
Symbolic photo

चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कञ्चन गाउँपालिका-४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-05-26 18:54:00

प्रतिकृया दिनुहोस्