नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ।
कोरोना संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार गरिरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्त सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन्।
एक महिनाअघि अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा समेत राखेर उपचार गरिएको थियो।
केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए।
काठमाडौंमा निषेधाज्ञा कडाई गर्दै प्रशासन, भोकै बस्ने अवस्था आए प्रहरीलाई फोन गर्नुहोस्