झापामा जारी निषेधाज्ञा एक साता थप भएको छ।
बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एक साता निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो।
बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय जस्ताको त्यस्तै राखेको छ।