स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही हुन्छः मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गरेका छन्। साथै मुख्यमन्त्री पोखरेलले घटनाबारे निष्पक्ष छानविन गरेर दोषीलाई कारवाही हुने पनि बताएका छन्। 

ट्वीटरमा आफनो धारण सार्वजनिक गर्दै उनले भनेका छन्, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुनेछ।’

अहिले स्वास्थ्यकर्मीहरु आक्रमणको विरुद्धमा आन्दोलनमा उत्रिएका छन्।

बिहिबार बेलुकी कोरोना संक्रमितको मृत्यु भएपछि मृतकनिकटकाले आइसीयूमै गएर कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नुको साथै अस्पताल तोडफोड गरेका थिए। 

घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। 



आक्रमणको विरोधमा भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण

देउवाले भने- ‘स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरियाेस्’

प्रकाशित मिति: : 2021-05-28 11:20:00

प्रतिकृया दिनुहोस्