खोप किन्न हेलम्बुले माग्यो स्वीकृति

बिएल संवाददाता

सिन्धुपाल्चोक 
File photo
File photo

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयसँग स्वीकृति मागेको छ।

गाउँपालिकाले आफ्ना नागरिकका लागि ३० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग  पत्राचार गरी स्वीकृति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। 

गाउँपालिकाका नागरिकलाई १५ हजार डोज आवश्यक पर्नेछ। उक्त खोप दुईमात्रा लगाउँदा ३० हजार आवश्यकता पर्ने भएकाले उक्त डोज खोपको माग गरिएको अध्यक्ष शेर्पाले बताए। रासस 

प्रकाशित मिति: : 2021-05-28 15:28:00

प्रतिकृया दिनुहोस्