सुदूरपश्चिममा मन्त्री हेरफेर: ८ नयाँ मन्त्री नियुक्त

Photo- setopati.com
Photo- setopati.com

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका प्रकाशबहादुर शाहलाई आर्थिक मामिला तथा योजना मन्त्री, दीर्घ सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्री, पूर्णा जोशीलाई सामाजिक विकासमन्त्री बनाएका छन्।

नेपाल पक्षकै चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज राज्यमन्त्री नियुक्त भएका छन्।

त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट मानबहादुर धामी उद्योग,  वन  वातावरण तथा पर्यटनमन्त्री नियुक्त भएका छन् भने माओवादी केन्द्रकै मानबहादुर सुनार राज्यमन्त्री बनेका छन्।

नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो यसलाई लिएर एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गरेका हुन्।रासस

प्रकाशित मिति: : 2021-05-28 18:59:00

प्रतिकृया दिनुहोस्