कोलम्बियाका विंगर जेम्स रोड्रिगेजले 'कोपा अमेरिका' खेल्न नपाउने 

Photo : wesportz.com
Photo : wesportz.com

कोलम्बियाका विंगर जेम्स रोड्रिगेजले कोपा अमेरिका फुटबल खेल्न नपाउने भएका छन्। 

रोड्रिगेजको शारिरिक फिटनेस नपुगेको भन्दै कोलम्बियाले उनलाई कोपा अमेरिका खेल्ने टिममा राखेको छैन। उनको शरीरमा चोट देखिएको बताइएको छ।

कोपा अमेरिका अर्जेन्टिनामा जुन १३ देखि जुलाई १० सम्म आयोजना हुँदैछ। चोटकै कारण उनले विश्वकप छनोट अन्तर्गत पेरु र अर्जेन्टिनाविरुद्धको खेलसमेत गुमाउने छन्।

प्रकाशित मिति: : 2021-05-29 06:19:00

प्रतिकृया दिनुहोस्