ठाकुरसहित ४ नेतासँग दोस्रोपटक स्पष्टीकरण माग, २४ घन्टाभित्र जवाफ नआए पार्टीबाट निष्कासन गरिने

फाइल तस्वीर
फाइल तस्वीर

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन्।

यादव पक्षले शनिबार अर्का अध्यक्ष ठाकुरसहित नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण  सोधेको हो।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ।

प्रकाशित मिति: : 2021-05-29 14:44:00

प्रतिकृया दिनुहोस्