एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

फाइल तस्वीर
फाइल तस्वीर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो।

शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालका अनुसार मन्त्रालयको बैठकले गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाउने निर्णय गरेको हो 

आइतबार राष्ट्रिय परीक्षा बोर्डले एसइईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सरकारको अनुमति मागेको थियो।  बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ। 

प्रकाशित मिति: : 2021-05-31 16:30:00

प्रतिकृया दिनुहोस्