भारतमा काेराेना त्रासः संक्रमण र मृत्युदर घट्दो

Ndtv

भारतमा पछिल्लाे साता कोरोना संक्रमित मृत्यु दरमा कमी आएको छ।

दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिरहेकाे अवस्थामा अहिले दर घटेर एक लाख आसपासमा आइरहेकाे छ। पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ५३४ कोराना संक्रमित थपिएका छन्।

देशभर तीन हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा अहिले सक्रिय संक्रमितहरूको संख्या २० लाख २६ हजार ०९२ रहेको छ।

हालसम्म भारतमा ३ लाख २९ हजार १०० कोरोना संक्रमितको मृत्यु भइसकेको छ। दुइ करोड ८० लाख ४७ हजार ५३४ जना भारतमा कोरोना संक्रमित भइसकेका छन्। अहिलेसम्म दुइ करोड ५६ लाख ९२ हजार ३४२ संक्रमित निको भएर घर फर्किएका छन्।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा १८६, ०० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या ५७ लाख ३१ हजार ८१५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा यहा ४०२ जनाले आफ्नो ज्यान गुमाएका छन्। यो सँगै कूल मृतकको संख्या ९४,८४४ पुगेको छ।

सक्रिय संक्रमित भने दुइ लाख ७४,६०१ रहेका छन्। अहिलेसम्म ५३ लाख ६१ हजार ३७० जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2021-06-01 06:35:00

प्रतिकृया दिनुहोस्