८ बर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने एक युवक पक्राउ

Symbolic photo
Symbolic photo

मकवानपुरमा आठ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने २६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा थाहा नगरपालिका ६ लिलाखेलका २६ वर्षीय राजु बलामी रहेका छन्।

राजुले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई बलात्कार गर्न खोजेको प्रहरीमा उजुरी परेपछि ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका राजुलाई प्रहरीले थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाएको छ।
 

प्रकाशित मिति: : 2021-06-01 12:17:00

प्रतिकृया दिनुहोस्