कुवेतमा अवैध मदिरा उत्पादन गरेको आरोपमा तीन नेपाली पक्राउ

Photo - arabtimesonline.com
Photo - arabtimesonline.com

अवैध रुपमा कुवेतमा रक्सी कारखाना सञ्चालन गरेको आरोपमा एक महिलासहित तीन नेपाली पक्राउ परेका छन्।

कुवेतबाट प्रकासित हुने पत्रिका अल–अनबाले जनाएअनुसार साउदी अरबको सीमा नजिकै रहेको साल्मी बन्दरगाह नजिकै एउटा घर भाडामा लिएर नेपालीहरूले अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्दै आइरहेका थिए।

कुवेत सरकारले घरमा छापा हान्ने क्रममा ठूलो परिमाणमा बेच्नका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद गरेको थियो। छापा हानेको घरबाट मदिरा उत्पादन गर्ने सामान पनि बरामद भएको थियो।

यो ठाउँमा पहिलेदेखि नै अवैध गतिविधि भइरहेको सूचना कुवेतको उच्च सुरक्षा संयन्त्रलाई प्राप्त भएको थियो। छापा मार्नुअघि उच्च सतर्कता अपनाइएको पत्रिकाले लेखेको छ।

अल–अनबा पत्रिकाका अनुसार सार्वजनिक सुरक्षामामिला हेर्ने सह–सहायक सचिव मेजर जर्नेल फराज अल–जोइबी, जाहरा सुरक्षा निर्देशक मेजर–जर्नेल सलेम अल–अहिमेर र उनको सहयोगी ब्रिगेडियर जर्नेल अब्दुल वासिद अल–रसुद, ताइमा क्षेत्रका कमाण्डर कर्नेल मातर सबिल र गस्ती विभागका प्रमुख मुबारक अल–हाजराफको संयुक्त टोलीले नेपालीद्धारा मदिरा उत्पादन गर्न भाडामा लिएको घरमा छापा हानेका थिए।

पक्राउ परेका तीनै जनालाई नेपाल फर्काउने तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति: : 2021-06-01 12:24:00

प्रतिकृया दिनुहोस्