डोल्पाको जिल्ला अस्पताललाई ५ लाखको औषधि सहयोग

नागरिक समाज डोल्पाको अगुवाईमा कोरोना महामारीको बिरामीको लागि औषधि सहयोग गरेका छन्। रु ५ लाख बराबरको औषधि स्वास्थ्य कार्यालयमार्फत डोल्पा जिल्ला अस्पताललाई हस्तान्त्रण गरिएको हो।

पूर्व राज्यमन्त्री धनबहादुर बुढाले २ लाख, पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले एक लाख ५० हजार, तापीरिचा माध्यामिक विद्यालयका व्यवस्थापक तथा पर्यटन व्यवसायी सम्दुक लामाले एक लाख र स्वास्थ्यकर्मी रनलाल कुलालले पचास हजार आर्थिक सहयोग गरेका हुन्।

रु ५ लाखको कोरोना उपचारमा अतिआवश्यक औषधि खरिद गरी जिल्ला स्वास्थ्य कार्यलय, दुनैमार्फत जिल्ला अस्पतालाई हस्तान्त्रण गरिएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताएका छन्।

नागरिक उद्धार कोषमा उक्त रकम जम्मा गरी कोरोनाका बिरामीहरुको उपचारमा प्रयोग गरिने १३ प्रकारका १६० केजीको औषिधि स्वास्थ्य कार्यालयमार्फत जिल्ला अस्पताललाई जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढालाई हस्तान्त्रण गरेको गरिएको हो।

समन्वय प्रमुख बुढाले औषधिले कोरोना संक्रमित नागरिकको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास लिएका छन्। साथै उनले कोरोना महामारीको बेला नागरिक उद्धार अभियानमा जुटेका र मुल्यवान सहयोगी मनहरुलाई धन्यवाद समेत प्रकट गरेका थिए।

यसको साथै काठमाडौँबाट दुनैसम्मको ढुवानीको लागि पर्यटन व्यवसायी जितेन्द्र झाँक्री मगरले सहयोग गरेका थिए। नागरिक समाजको अगुवाईमा खरिद गरेको औषधि विपन्न तथा गरिव कोरोनाका संक्रममित नागरिकहरुलाई बिषेश प्राथमिकतामा दिइने नागरिक समाजले जनाएको छ।

सुविधा सम्पन्न शहर(वजारमा समेत अभाव औषधि खरिद गरेर जिल्लामा पठाइ सहयोग गरेकोमा खुशी व्यक्त गर्दै संक्रमणको घडीमा यी औषधिले बिरामीलाई उपयोग हुने डा. शंकर रावतले बताए।

नागरिक समाजको अगुवाई र जिल्लाका डाक्टरको सहकार्यमा कोरोनाका संक्रमण बिरामीलाई परोपकारी अभियान चलाउँदै आएका छन्।

प्रकाशित मिति: : 2021-06-02 10:58:00

प्रतिकृया दिनुहोस्