कोरोनाको अर्को घाउ : भारतमा बढ्दै अभिभावकविहीन बालबालिका

सामाजिक सञ्जालमा अवस्था सार्वजनिक हुँदा तस्करी हुने आशंका

अनलाइनखबर

काठमाडाैं

पाँच वर्षका प्रथाम र उनका १० वर्षीय दाइ आयूषले गत अप्रिलमा कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण आफ्ना बुवा गुमाए । यी दाजुभाइले बुवा गुमाएको केही दिनमै दिल्लीको अर्को अस्पतालमा उनीहरूकी आमाको पनि निधन भयो ।

यी दाजुभाइको भरोसाको संसार परिवर्तन भइसकेको थियो तर उनीहरूलाई यो सबै कुरा थाहा थिएन । उनीहरूले आफ्ना आमाबुबा किन धेरै लामो समयसम्म घर फर्किएनन् भन्ने बुझ्न सकेका थिएनन् । आफन्तहरूले प्रथामलाई उनीहरूका आमाबुबा कामको लागि बाहिर गएको भनेका  थिए । यद्यपि प्रथामले दिनहुँ आफ्ना आमाबाबुको बारेमा सोधिरहन्थे र प्रत्येक दिन उनीहरूलाई सम्झाउन कठिन हुँदै गएको थियो ।

आफन्तहरूले दिल्लीस्थित अनाथ बालबालिकाहरूको लागि काम गर्ने एनजीओसँग सम्पर्क गर्ने निर्णय गरे । एनजीओले यी दुवै दाजुभाइलाई कसैले आफ्नो सन्तान बनाएर पाल्ने अपेक्षा गरेको छ ।

गत वर्षको जुन महिनामा भारतमा कोरोनाको पहिलो लहर फैलँदै गर्दा १२ वर्षीया सोनिया र उनका ७ वर्षीय भाइले आफ्ना बुवालाई गुमाए । गत अप्रिल महिनामा उनीहरूकी आमाको पनि मृत्यु भयो । अहिले उनीहरूलाई हजुरआमाले रेखदेख गरिरहेकी छिन् । जो आफ्ना नातिनातिनाको भविष्यप्रति चिन्तित छिन् । यद्यपि उनी आफ्ना नातिनातिना अरुलाई पाल्न नदिने पक्षमा छिन् ।

मपछि यिनीहरूको रेखदेख कसले गर्ला ?, उनले भनिन्, ‘यिनीहरू मेरा छोराबुहारीको वंश हुन् । धेरै मानिसहरू यिनीहरूलाई पाल्छौं भनेर आएका छन् । म यिनीहरूलाई कसरी आफूभन्दा टाढा पठाउन सक्छु ?’ कोरोनाले जन्माएका यीं कथाहरू त केवल प्रतिनिधि मात्र हुन् । कोरोना महामारीका कारण भारतका धेरै परिवार तहसनहस भएको छ । जसको कारण धेरै बालबालिका अथान बनेका छन् ।

प्रकाशित मिति: : 2021-06-02 11:06:00

प्रतिकृया दिनुहोस्