जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ 

Symbolic photo
Symbolic photo

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदालाई प्रहरीले पक्राउ गरेको छ।

मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरी जनाएको छ।महानगरीय

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

त्यसैगरी ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीको ईटहरी उपमहानगरपालिका-३ सुनौलो टोल बस्ने ६७ वर्षीय भबिराज दमाईलाई प्रहरीले पक्राउ गरेको छ।

भबिराजले ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-02 16:10:00

प्रतिकृया दिनुहोस्