काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि खुकुलो बनाइएको छ।
एक साताकाे लागि खाद्यान्न पसलसमेत खुल्न नदिने गरी निषेधाज्ञामा थप कडाइ गरिएकाे थियाे। तर आजदेखि निषेधाज्ञा खुकुलो बनाइएकाे हाे।
निषेधाज्ञा खुकुलो बनाइए पनि १० दिन थपेर लम्बाइएकाे छ।
आजदेखि खाद्यान्नका पसल बिहानको समयमा खुल्नेछन्। तरकारी, फलफूल, दूध, मासु, खानेपानीलगायत अत्यावश्यक सेवाका पसल भने बिहान ९ बजेसम्म खुल्दै आएका थिए। डिर्पाटमेन्ट स्टोर पनि आजदेखि बिहानको समयमा खुल्ने छन्।
आजदेखि उपत्यकामा बैंक तथा वित्तीय संस्थाले पनि प्रधान कार्यालयसहित एउटा शाखा खेलेर सेवा दिन पाउने छन्।