बलात्कार आरोपी थुनामा

Symbolic photo
Symbolic photo

बागलुङ नगरपालिका–४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। 

अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीको इजलाशले चार जना पुरुषलाई कारागारमा र एक जना १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो। 

उनीहरुले गत वैशाख २३ गते राती उपल्लाचौरमा ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

प्रहरीका अनुसार बागलुङ सो वडाका का ३५ वर्षीया राजेन्द्र सुवेदी उपाध्याय, सोही ठाउँका ३६ वर्षीय गिरिजा भन्ने राजु कँडेल, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो। बागलुङ नगरपालिका–३ घर भएकी १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-04 18:41:00

प्रतिकृया दिनुहोस्