शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग नेपाल बौद्ध महासङ्घले ऐच्छिक विषयको शास्त्रीय भोटभाषाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ।
महासङ्घका अध्यक्ष आचार्य नुर्बु शेर्पासहितको टोलीले मन्त्री श्रेष्ठलाई आज ज्ञापनपत्र दिँदै गोन्पा शिक्षक व्यवस्थापन नभएसम्म हाल अध्ययपनरत शिक्षकलाई गोन्पा शिक्षकसरहको मान्यता दिन आग्रह गरेका हुन्।
परम्परागत शिक्षाको पाठ्यक्रम निर्देशिका, गोन्पा ÷विहार व्यवस्थापन परिषद नेपालमा रिक्त अध्यक्ष र सदस्य–सचिव र सदस्य नियुक्ति गर्न पनि माग गरे।
पूर्वीय दर्शनको मौलिक स्रोत एवं नेपालको ज्ञानको धरोहरका रुपमा रहेको संस्कृत, भोट र पाली भाषा दिनानुदिन लोप हुँदै गएको अवस्थामा त्यसलाई संरक्षण गर्न पाठ्यक्रम विकास केन्द्रले संस्कृत र पाली भाषाको पाठ्यक्रम विकास गर्न आग्रहसहित महासङ्घले ज्ञापनपत्र दिएको हो।
मागपत्र बुझेपछि मन्त्री श्रेष्ठले विश्वमा नेपालको परिचय दिने गोन्पा भाषा बौद्ध दर्शनलगायत विषयमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए।रासस
प्रकाशित मिति:
: 2021-06-04 19:46:00