करेन्ट लागेर गम्भीर घाइते

Symbolic photo
Symbolic photo

एक बालक करेन्ट लागेर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार सदरमुकाम सिलगढी बस्ने १२ वर्षीय पवन विश्वकर्मा घाइते भएका हुन्। बाटो नजिक लत्रेको बिजुलीको तार छुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। 

अहिले उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। करेन्टले उनको शरीरभरि घाउ भएको र गम्भीरावस्था रहेको उनकी दिदी अस्मिताले जानकारी दिए। बाटामा विद्युत् तार खसे पनि नहटाउने तथा लापरवाही गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न पीडित पक्षले माग गरेको छ। रासस 

प्रकाशित मिति: : 2021-06-04 22:11:00

प्रतिकृया दिनुहोस्