करेन्ट लागेर एकको मृत्यु

Symbolic photo
Symbolic photo

चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान करेन्ट लागेर एकको मृत्यु भएको छ। बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो। 

आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए। रासस 

प्रकाशित मिति: : 2021-06-06 14:33:00

प्रतिकृया दिनुहोस्