बेलायती पूर्वराजकुमार ह्यारीकी पत्नीले जन्माइन् दाेस्राे सन्तान, नाम राखियाे 'लिली'

Photo : insider.com
Photo : insider.com

बेलायती पूर्वराजकुमार प्रिन्स ह्यारीकी पत्नी मेघन मार्कलले नयाँ सन्तान जन्माएकी छन्।

मार्केलले शुक्रबार (४, जुन) एक पुत्रीलाई लाइ जन्म दिएकी हुन्। तिन दशमलब ४९ ग्रामकी नवजात बालिकाको नाम लिली डायना राखिएको छ। लिली महारानी एलिजाबेथको घरमा बोलाउने नाम र डायना प्रिन्स ह्यारीको आमाको नाम हो।

मार्कलले क्यालिफोर्नियाको एक अस्पतालमा छोरीलाई दाेस्राे सन्तानकाे रूपमा जन्म दिएकी हुन्। उनीहरुकाे पहिलाे सन्तान छाेरा पनि छन्। जसकाे नाम आर्ची हाे।

यतिबेला ह्यारी दम्पतीलाई विश्वभरबाट शुभचिन्तकहरुले बधाई दिइरहेका छन्। 

प्रकाशित मिति: : 2021-06-07 07:59:00

प्रतिकृया दिनुहोस्