तास खेलिरहेको अवस्थामा गोंगबुबाट १० जना पक्राउ  

Symbolic photo
Symbolic photo

काठमाडौं महानगरपालिका(२६ गोंगबुचोकबाट तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ परेका छन्।

फ्रिदा जोशीको कोठामा तास खेलिरहेको अवस्थामा काभ्रे साँगा घर भई हाल कलंकी बस्ने ४५ वर्षीया सरिता जोशीलगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

हाल फरार फिद्राको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-06-07 15:17:00

प्रतिकृया दिनुहोस्